Logo
२५ पुस २०८१, बिहीबार
(August 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समितिमा पुग्यो प्रस्तावित १८ देशका राजदूतको नाम, उजुरी आह्वान हुँदै

काठमाडौं,२७ साउन । सरकारले विभिन्न देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेका १८ जना व्यक्तिको सूची संसदीय सुनुवाइ समितिमा पुगेको छ । आइतबार राजदूतमा सिफारिसको सूची संसदीय समितिमा पुगेको स्रोतले जनाएको छ । सूची पुगेसँगै समितिको बैठक आह्वन गरेर राजदूत निरुद्ध उजुरी आह्वान गर्ने तयारी भएको छ ।

२ साताअघि सरकारले चिनका लागि कृष्णप्रसाद ओलीसहित विभिन्न १८ वटा देशमा नयाँ राजदूतको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनका राजदूत विष्णुपुकार श्रेष्ठलाई बोलाएर कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ। श्रेष्ठ नेकपा माओवादी निकट व्यक्ति हुन्।

सरकारले दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल, मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदूतमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका राजदूतमा कपिलमान श्रेष्ठ सिफारिस भएका छन्। त्यस्तै सरकारले साउदी अरबमा नरेशविक्रम ढकाल र पाकिस्तानमा रिता धितालको नाम सिफारिस गरेको छ।

त्यस्तै डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधार, श्रीलंकाको राजदूतमा रामकृष्ण भट्टराई र स्पेनको राजदूतमा सनिल नेपाल सिफारिस भएका छन्। नेपाल यसअघि पोर्चुगलको राजदूतमा सिफारिस भएर जान नपाएका व्यक्ति हुन्। रुसका लागि नेपाली राजदूत मिलनकुमार तुलाधरलाई फिर्ता बोलाएर जंगब चौहानको नाम सिफारिस गरिएको छ।

त्यस्तै अस्ट्रेलियामा कान्ता रिजाल, जर्मनीमा डा शैल रुपाखेती, अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र बेलायत चन्द्र घिमिरेको नाम सिफारिस भएको छ। सरकारले भारतका लागि भने निवर्तमान राजदूत डा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको थियो । उनको पनि फेरि संसदीय सुनुवाई हुने संसदीय समितिले जनाएको छ । संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

प्रकाशित मिति: Aug 11, 2024

प्रतिक्रिया दिनुहोस्