Logo
६ आश्विन २०८१, आईतबार
(August 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका ९९ प्रतिशत भुभागमा विद्युत पुगेको छ : कुलमान घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका ९९ प्रतिशत भुभागमा विद्युत पुगको दाबी गरेका छन् । शुक्रबार आफ्नो दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवका अवसरमा पत्रकार सम्मेलन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

‘आर्थिक वर्ष २०७२/७३ मा विद्युतिकरणकोे अवस्था करिब ५८ प्रतिशत मात्र थियो । ३  वर्षमा भएको उपलब्धिमध्ये विद्युतिकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको छ । ३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतिकरण अहिले ९९ प्रतिशतमा पुगेको छ ।’, कार्यकारी निर्देशक घिसिङले भने, ‘८ वर्ष अघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।’

त्यस्तै विकट बस्तीहरुको पहिचान गरि विद्युतिकरणको प्रकिया अघि बढिसकेको समेत उनले बताए ।

प्रकाशित मिति: Aug 9, 2024

प्रतिक्रिया दिनुहोस्