Logo
६ आश्विन २०८१, आईतबार
(August 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ’ : बालेन

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले खोलाको अधिकार खोलालाई नै दिनुपर्ने बताएका छन् । शुक्रबार महानगर परिसरमा रहेको टुकुचामाथिको सडकमा भ्वाङ परेपछि उनले स्टाटस लेख्दै खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

महानगरले केही समय पहिले सोही जोखिम देखेर खोला खुल्ला गर्ने प्रयास गर्दा अदालती प्रक्रियाले रोकिन परेको र अदालतको आदेशपछि महानगर केन्द्रीय सरकारको सहयोगको पखाईमा रहेको बताएका छन् ।

‘अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।’,

उनले लेखेका छन्, ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ ।’

मेयर शाहले सरकारले खोलामाथि बनाएका संरचनाको चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिए महानगरले खोला खुल्ला गर्ने कार्य तुरून्त अगाडि बढाउने बताएका छन् ।

त्यस्तै उनले ‘मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउनपर्छ, खोलामाथि घर र बाटो होइन’, भन्दै स्टाटस लेखेका छन् ।

प्रकाशित मिति: Aug 9, 2024

प्रतिक्रिया दिनुहोस्