Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ हजारले नागरिकता लिँदा १५ हजारले लिए राहदानी

तनहुँ जिल्लामा एक वर्षको अवधिमा ८ हजार ९५५ ले नागरिकता लिँदा १५ हजार ७७७ जनाले राहदानी लगेका छन्।

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०।८१ मा १५ हजार ७७७ राहदानी वितरण गरेको छ भने सोही अवधिमा आठ हजार ९५५ नागरिकता वितरण गरेको जानकारी दिएको छ।

राहदानी लिनेमध्ये ६ हजार ७३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवधिमा १६ हजार ७४३ राहदानी सिफारिस गरिएको छ।

कार्यालयले एक वर्षको अवधिमा आठ हजार ९५५ नागरिकता वितरण गरेको छ। तीमध्ये वंशजको आधारमा आठ हजार ९४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ। नागरिकता प्राप्त गर्नेमध्ये चार हजार ७२८ महिला र चार हजार २२६ पुरुष छन्।

यसैगरी सात हजार ६६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

प्रकाशित मिति: Aug 8, 2024

प्रतिक्रिया दिनुहोस्