Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानमा खानेपानीको महसुल बढाएको भन्दै स्थानीय आन्दोलनमा

काठमाडाैँ । खानेपानीको महसुल घटाउँछु भन्दै मेयर हितेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले उल्टै महसुल बढाएपछि स्थानीयले उपमहानगरपालिकाको कार्यालय घेरेका छन् । बिहिबार बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरुले हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यालय घेराउ गरेका हुन् ।

घरानमा यसअघि भएको खानेपानी शूल्कमा अचाकली मूल्य बढाइएपछि पछिल्लो समय विभिन्न राजनीतिक दलका साथै स्थानीयहरु आन्दोलनमा छन् । खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै उनीहरूले मेयर हर्क साम्पाङको राजीनामा माग गरेका हुन् ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले सरोकारवालासँग समन्वय नगरी आफूखुसी शुल्क बढाएको विरोधमा धरानमा १० राजनीतिक दलको अगुवाइमा एक सातादेखि आन्दोलन भइरहेको छ ।

सोही क्रममा बिहिबार प्रदर्शनकारी उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् । प्रदर्शनमा पुगेका उनीहरुले कार्यालयभित्रै पसेर आन्दोलन गर्ने  प्रयास गरेपछि प्रहरीले उनीहरुमाथि बल समेत प्रयोग गरेको छ ।

खानेपानी व्यवस्थापन बोर्ड र धरान उपमहानगरपालिकाले खानेपानीको महसुलमा ४ गुणासम्म वृद्धि गरेका छन् । सोही मूल्यवृद्धिको विरोधका धरानमा आन्दोलन चर्किएको छ ।

साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै चरणवद्ध आन्दोलन गरेका छन ।

प्रकाशित मिति: Aug 8, 2024

प्रतिक्रिया दिनुहोस्