Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जारको ४७ र बोटल पानीको १६ रुपैयाँभन्दा बढी लिए कारबाही : सरकार

 सरकारले काठमाडौँ उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ती कम्पनीहरूले उही परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण गरेको पाइएको भन्दै तोकिएको मूल्यमात्र लिन निर्देशन दिएको हो।

विज्ञप्तिमा काठमाडौं उपत्यकामा विक्री हुने जारको पानी (२० लि) प्रति गोटाको अधिकतम खुद्रा विक्री मूल्य रु. ४७ र बोतल (१ लि.) प्रतिगोटाको अधिकतम खुद्रा विक्री मूल्य रु. १६ रुपैयाँ लिनुपर्ने भनिएको छ।

‘पानी उत्पादकहरूले होटल,रेष्टुराँ र व्यावसायिक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बजारमा पठाउने गरेको पाइएकाले सो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६(२) ग (१) बमोजिम निषेधित कार्यभित्र तोकेको हुँदा उक्त कार्य नगर्न नगराउन जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ।

विभागले माथि भएको व्यवस्था पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: Aug 8, 2024

प्रतिक्रिया दिनुहोस्