Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारको प्रयास थाल्छु : पर्यटनमन्त्री

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति विज्ञप्ति जारी गरी अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आवश्यक कदम चाल्न मन्त्रालय र मातहतका निकायलाई परिचालन गर्ने जनाएका छन्।

मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ । यस्ता सुझाव वा जानकारी मन्त्रालयलाई इमेल पठाउन अनुरोध गरिएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा बुधबार एयर डाइनेष्टी को हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनिया नागरिकको मृत्यु भएको थियो।

 

 

प्रकाशित मिति: Aug 8, 2024

प्रतिक्रिया दिनुहोस्