Logo
६ आश्विन २०८१, आईतबार
(August 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थल सूर्यचौर (तस्बिरहरू)

नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

बुधबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा चार जना चिनियाँ र एक नेपाली नागरिकको मृत्यु भएको हो।

हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए भने चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सवार थिए। उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको छ।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। बुधबार दिउँसो २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरू उद्धारमा खटिएका थिए।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शवको प्रकृति हेरेर पोस्टमर्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइने  जानकारी दिए।

तस्बिरहरूः

प्रकाशित मिति: Aug 7, 2024

प्रतिक्रिया दिनुहोस्