Logo
३१ भाद्र २०८१, सोमबार
(August 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘नमेटिने घाउ’ मा केपी ओली र माधव नेपाल

२३ साउन, काठमाडौं । कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक कलाकार हुन्छन् ।

जस्तो– कथाले मागे कुनै कलाकार मन्त्रीको भूमिकामा देखिन्छन् । ती मन्त्री बनेर चलचित्रमा देखिने कलाकार हुन्, मन्त्री होइनन् ।

तर आगामी ७ भदौमा प्रदर्शन गर्ने तयारी रहेको चलचित्र ‘नमेटिने घाउ’ मा भने वास्तविक पात्रहरु नै पर्दामा देखिनेछन् । एसिड आक्रमणमा परेकाहरुको वास्तविक कथामा आधारित भएकाले पीडितहरु नै पर्दामा आउने छन् ।

‘आफ्नैले हानेको एसिडबाट शरीर बिग्रिएको छ, मनमा नमेटिने घाउ छ’, निर्माता एवं निर्देशक रमित ढुंगानाले भने, ‘त्यस्तो निर्मम प्रवृत्ति अन्त्य गर्न मैले यो चलचित्रलाई एउटा अभियान भनेको छु ।’

प्रकाशित मिति: Aug 7, 2024

प्रतिक्रिया दिनुहोस्