Logo
६ मंसिर २०८१, बिहीबार
(August 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जारी आन्दोलनबीच बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. युनुस नियुक्त

जारी आन्दोलनबीच बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् ।

नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् ।

मङ्गलबार राति राष्ट्रपति र विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।

यस अघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए ।

८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।

आन्दोलनकारीहरुले शैनिक शासनको पनि बिरोध गरेपछि अन्तरिम सरकार बन्ने बाटो खुलेको हो ।

प्रकाशित मिति: Aug 7, 2024

प्रतिक्रिया दिनुहोस्