Logo
५ आश्विन २०८१, शनिबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोटको भ्यारेमा जिप दुर्घटना : १७ घाइते, तीनजना सिकिस्त

सुर्खेत : जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ।

नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुखसमेत रहेका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

बोलेरो जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको उनले बताए।

घाइते १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको उनले बताए।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्