Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

पोखरा । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार वडा नम्बर १० मा मृत्यु हुनेमा ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिकको मृत्यु भएको छ ।

यस्तै गम्भीर घाइते हुनेमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र  मङ्गलसिंह बुढा रहेका छन् ।

यस्तै ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको  सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्