Logo
३१ भाद्र २०८१, सोमबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षाले काठमाडौँका सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित (तस्बिरहरू)

काठमाडौँ । मङ्गलवार काठमाडौँ उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएका छन् ।

बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ। मङ्गलवार काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् ।

साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ । हेरौँ टेकु र रत्नपार्क क्षेत्रका केही तस्बिरहरू:

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्