वर्षापछि डुब्यो पर्यटन बोर्ड (तस्बिरहरू)
काठमाडौँ । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।
उचित ढलको निकास नभएको कारण सडकहरू पनि डुबानमा परेका छन् । यस्तै भृकुटीमण्डप क्षेत्रमा रहेको नेपाल पर्यटन बोर्डको कार्यालय पनि पूर्णरुपमा डुबानमा परेको छ ।
यसअघि सो क्षेत्रमा रहेको राष्ट्रिय सभा गृह र काठमाडौँ महानगरपालिकाको कार्यालय डुबानमा परेका थिए ।