Logo
६ आश्विन २०८१, आईतबार
(August 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीले घेरेपछि बंगलादेशकी प्रधानमन्त्री सेनाको हेलिकप्टरबाट भागिन्

काठमाडौं । बंगलादेशमा प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालय (गोनो भवन) प्रवेश गरेसँगैप्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ  भागेकी छिन् ।उनी सैनिक हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा लागेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । कोटाविरोधी आन्दोलन अहिले सरकार विरुद्ध केन्द्रित भएपछि प्रधानमन्त्री हसिना सुरक्षित स्थानमा तर्फ लागेकी हुुन् ।

आन्दोलनका क्रममा आइतबार मात्रै ९० जनाको ज्यान गएको थियो भने अहिलेसम्म ३ सय बढीले ज्यान गुमाएका छन् ।

बंगलादेशका पत्रिका डिली स्टारका अनुसार आज दिउसो ३ बजे प्रर्दशनकारीहरु प्रधानमन्त्री भवन प्रवेश गरेका छन् ।

साथै आजै बंगलादेशकासेनापतिले देशको नाममा सम्बोधन गर्नेतय समेत भएको थियो ।

प्रकाशित मिति: Aug 5, 2024

प्रतिक्रिया दिनुहोस्