Logo
६ आश्विन २०८१, आईतबार
(August 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिगमनकारीहरूले संविधान संशोधनको विरोध गरिरहेका छन्: प्रधानमन्त्री

काठमाडौं,२० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी एजेण्डा बोकेर हिँडेकाहरुले संविधान संशोधनको विरोध गरेको टिप्पणी गरेका छन् ।

आइतबार एमाले मूख्यालय च्यासलमा उपाध्यक्ष गुरु बरालसहित मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ दिलाउँदै एमाले अध्यक्षसमेत रहेका ओलीले देशको अग्रगतिका लागि संविधान संशोधन गर्न लागिएको र त्यसैका लागि कांग्रेससँग मिलेको जिकिर गरे । ओलीले संविधान संशोधन गर्नेहुन्न भन्नेहरु लोकतन्त्रको विरोधी रहेको बताए ।

“देशको अग्रगति, समाजको विकास, जनताको प्रगतिका लागि संविधान संशोधन हुन्छ,” प्रधानमन्त्री ओलीले भने, “संविधान भनेको परिमार्जित हुँदै, संशोधित हुँदै जाने दस्ताबेज हो ।” उनले त्यसकै लागि नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेको जिकिर गरे । “तर, प्रतिगमनकारी एजेन्डा बोकेर हिँडेकाहरूले विरोध गरिरहेका छन्,”उनले भने ।

प्रकाशित मिति: Aug 4, 2024

प्रतिक्रिया दिनुहोस्