Logo
६ आश्विन २०८१, आईतबार
(August 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीद्वारा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षण गरेका छन् । केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न पुगेका गृहमन्त्री लेखकले अस्पतालका विभिन्न विभागहरूको निरीक्षण गरेर जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएको अस्पताल प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले केएमसीमा अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक भएकाले बिरामीहरूले राम्रो उपचार पाउने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका सांसद डा।सुनिल शर्मा सञ्चालक रहेको केएमसी स्वास्थ्य उपचारका क्षेत्रमा अब्बल अस्पतालका रूपमा चिनिन्छ ।

प्रकाशित मिति: Aug 4, 2024

प्रतिक्रिया दिनुहोस्