Logo
६ आश्विन २०८१, आईतबार
(August 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीआरसी विधेयकमा सहमति जुट्नु ऐतिहासिक उपलब्धी होः गृहमन्त्री लेखक

काठमाडौं, १८ साउन । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयकमा सहमति जुट्नुलाई कांग्रेस–एमाले गठबन्धन सरकारको ऐतिहासिक उलपब्धी मान्नुपर्ने बताएका छन् । १८ वर्षदेखि टुङ्गो नलागेको टीआरसी विधेयकमा कांग्रेस–एमालेको सरकार बनेको तीन हप्तामै सहमति जुटेको बताएका हुन् ।

टीआरसी विधेयकका सन्दर्भमा रहेको असमझदारीलाई निश्कर्षमा पुर्याउन नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री लेखक, नेकपा (एमाले) को तर्फबाट प्रमुख सचेतक रहेका महेश बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट जनार्दन शर्माको तीन सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले हिजो चार बुँदे सहमतिसहित विवादित विषयलाई निश्कर्षमा पुर्याएको थियो ।

‘१८ र्षदेखि टुङ्गोमा नपुगेको, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा ज्यादा चासो भएको, चिन्तन् भएको एउटा विषय एमाले–कांग्रेसको सरकार बनेको तीन हप्ताभित्र टुङ्गिएको छ । यो ऐतिहासिक उलब्धी हो,’– उनले भने ।

संक्रमणकालीन न्यायको विषय झण्डै १८ वर्षदेखि छलफलमै सीमित भएको थियो । पछिल्लो ८ वर्षदेखि उक्त विषय अत्यन्त जटिल बन्दै गएको पनि मन्त्री लेखकले स्मरण गरे । संक्रमणकालीन न्याय निश्कर्षमा पुर्याउन अहिलेसम्म दुईवटा आयोग बनेपनि कानुनको अभावमा आयोगले काम गर्न सकिरहेको थिए ।

टीआरसी विधेयकका सन्दर्भमा भएको सहमति कांग्रेस–एमालेले मात्रै नभएर माओवादीको पनि ठूलो भूमिका रहेको उनले बताए । गृहमन्त्री लेखकले उक्त विधेयकमा सहमति जुटाउन वर्तमान सरकारको ठूलो भूमिका रहेको बताए ।

प्रकाशित मिति: Aug 2, 2024

प्रतिक्रिया दिनुहोस्