Logo
६ आश्विन २०८१, आईतबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिँदै

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन् । सत्तासिन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मतको प्रायोजनको लागि आज उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरुलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।

सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरुलाई सूचना पनि जारी गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति: Jul 31, 2024

प्रतिक्रिया दिनुहोस्