Logo
३१ भाद्र २०८१, सोमबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केरला पहिरो अपडेट : १५८ जनाको मृत्यु, १८७ बेपत्ता

१६ साउन, काठमाडौं । दक्षिण भारतको केरला राज्यमा मंगलबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

वायनाडा जिल्लाको मुन्दाक्कै र चोरलमालामा गएको भीषण पहिरोमा परी १८७ जना बेपत्ता भएका छन् ।

केरलाका मुख्यमन्त्री पिनराय विजयानले उद्दार र घाइतेको उपचार जारी रहेको बताएका छन् । उनका अनुसार ३ हजार व्यक्तिलाई उद्दार केन्द्रमा राखिएको छ ।

अहिले पनि भारी वर्षा भइरहेको र पुलहरू बगेका कारण उद्दारमा कठिनाइ भइरहेको छ ।

भारी वर्षाका कारण केरलाका १४ जिल्लामध्ये १२ जिल्लाका विद्यालय र कलेज बन्द गरिएको छ ।

भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।

सन् २०१८ यतामात्रै केरलाको विभिन्न क्षेत्रमा गएको पहिरोले ४०० जनाको ज्यान गइसकेको छ । २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।

प्रकाशित मिति: Jul 31, 2024

प्रतिक्रिया दिनुहोस्