Logo
६ आश्विन २०८१, आईतबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा पूर्वपश्चिम राजमार्गमा क्षति, डाइभर्सन गरियो

१६ साउन, काठमाडौं । बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा पुर्‍याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प छ ।

राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ । माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: Jul 31, 2024

प्रतिक्रिया दिनुहोस्