Logo
६ आश्विन २०८१, आईतबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिङ्गै देश ‘फास्ट ट्रयाक’मा कुदाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै देश अब फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै सिङ्गै फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका हुन् ।

‘मैले सोचिरहेको छु अनुसन्धान विभागलाई अत्यन्त प्रभावकारी बनाउनु छ’,उनले भने,‘अहिलेको अनुसन्धान विभागको स्थितिबाट हुँदैन ।’ विभाग हाल बालुवामा पानी खन्याएजस्तो मात्रै भएकोमा प्रधानमन्त्रीले असन्तुष्टि पोखे ।

कानुनहरू नियन्त्रात्मक र निषेधात्मक भएको भन्दै कानुन बनाउन र कार्यान्वयन गर्दा जनतालाई अनुकूल हुनेगरी बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड छ । साथै उनले अनुसन्धान विभागलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए ।

सरकारले थालेका सबै काम फास्ट ट्रयाकमा कुद्नुपर्ने ओलीको भनाइ छ । ‘सिङ्गै देश फास्ट ट्रयाकमा कुद्नुपर्छ । डेभ्लपमेन्ट फास्ट ट्रयाकमा, सर्भिस फास्ट ट्रयाकमा उपलब्ध गराउनुपर्छ । सबभन्दा छोटो समयमा धेरै काम गर्नुपर्छ’, प्रधानमन्त्रीको निर्देशन छ ।

प्रकाशित मिति: Jul 30, 2024

प्रतिक्रिया दिनुहोस्