Logo
६ आश्विन २०८१, आईतबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदाधिकारी बैठकमा आज प्रचण्डले आज जवाफ दिने

काठमाडौं, साउन १५। नेकपा (माओवादी केन्द्र)को जारी पदाधिकारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिदै छन् ।

पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालमाथि जवाफ दिन लागेका हुन् । बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले अहिले संगठन निर्माणमा लाग्न उपयुक्त हुने जनाउँदै सत्ता बाहिर रहेका बेला पार्टी निर्माणमा जुट्नु पर्ने बताएका छन् ।

बैठकमा सहभागी वक्ताहरुले सरकारमा रहदा पार्टीले गरेका राम्रो काम जनतामाझ लैजाँदै एकजुट भएर जनतामाझ जान उपयुक्त समय रहेको धारणा राखेका छन् । बैठकले स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गर्ने छ ।

प्रकाशित मिति: Jul 30, 2024

प्रतिक्रिया दिनुहोस्