Logo
६ आश्विन २०८१, आईतबार
(July 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखाको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो, २ जना अझै बेपत्ता

१४ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ ।

६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको थियो । उक्त शव कान्छीमायाको भएको प्रहरीले पुष्टि गरेको छ ।

आइतबार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ बर्षीय रमेश परियार बेपत्ता भएका छन् । उनीहरुको भने खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Jul 29, 2024

प्रतिक्रिया दिनुहोस्