Logo
६ आश्विन २०८१, आईतबार
(July 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा उपस्थित

१३ साउन, काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उनी विशेष अदालतमा उपस्थित भएका हुन् ।

आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।

अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।

त्यही मुद्दा लागेका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अदालतमा हाजिर भएका थिए, उनलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो । तर अरु मुद्दामा थुनामा परेका कारण उनी छुट्न पाउदैनन् ।

प्रकाशित मिति: Jul 28, 2024

प्रतिक्रिया दिनुहोस्