Logo
६ आश्विन २०८१, आईतबार
(July 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर नकर्मीको निधनमा आज उपत्यकाका सबै स्थानीय तहमा शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा दिईएको छ ।

गत शुक्रबार निधन भएका कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको शोकमा आज उपत्यकाका स्थानीय तहमा बिदा दिईएको हो । मिर्गौला रोगबाट ग्रसित नकर्मीको शुक्रबार राती निधन भएको थियो ।

उक्त शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले सूचना जारी गरी आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक कार्यालय बन्द रहने जानकारी दिएका छन्।

प्रकाशित मिति: Jul 28, 2024

प्रतिक्रिया दिनुहोस्