Logo
६ आश्विन २०८१, आईतबार
(July 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमलताल पहिरो : स्थगन हुँदै खोज तथा उद्धार कार्य

काठमाडौं, साउन १३ । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्य रोकिने भएको छ । दुई बस त्रिशूलीमा बेपत्ता भएको १७ दिन पुग्दापनि भेट्न नसकिएपछि खोजी कार्य रोक्ने तयारी भएको हो ।

नारायणगढ(मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो। दुवै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन अरु बाँकी यात्रु बेपत्ता छन्।

त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा साउन ५ गतेदेखि भारतीय टोली पनि परिचालन भएको थियो । अब भारतीय टोली पनि भारत फर्किने तयारीमा छ भने नेपालको टोलीले पनि खोजी कार्यलाई रोक्नेछ।

नेपालको स्रोत साधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि तीन वटा अत्याधुनिक सोनार उपकरणसहितको भारतीय उद्धार टोली मगाएको थियो । हाल बेपत्ता यात्रुको खोजीमा दैनिक दुई सय सुरक्षाकर्मी खटिदै आएका थिए ।

प्रकाशित मिति: Jul 28, 2024

प्रतिक्रिया दिनुहोस्