Logo
६ आश्विन २०८१, आईतबार
(July 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

१३ साउन, काठमाडौं । यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् ।

यसअघि व्यवसायीहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए ।

प्रकाशित मिति: Jul 28, 2024

प्रतिक्रिया दिनुहोस्