Logo
२३ भाद्र २०८१, आईतबार
(July 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रदेखि प्रदेश सरकार सबैबाट हात धुने निश्चित् भएको छ । आज कोशी प्रदेश सरकारबाट बाहिरिएको माओवादीले अर्को साता सुदूरपश्चिम सरकारबाट पनि हात धुनुपर्ने निश्चित् छ ।

केन्द्रमा सत्ता गठबन्धन भत्किएर कांग्रेस र एमालेको सरकार बनेपछि यसको बाछिटा प्रदेश तहसम्म पुगेको छ । माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

सरकारमा सहभागी तीन मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिएका हुन् । माओवादीबाट गणेश उप्रेती, नारायबहादुर बुर्जामगर, राजेन्द्र कार्की र राज्यमन्त्री बन्दना झाँगर मन्त्रीको भूमिकामा थिए ।

प्रकाशित मिति: Jul 26, 2024

प्रतिक्रिया दिनुहोस्