Logo
२३ भाद्र २०८१, आईतबार
(July 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले आर्थिक् वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको जानकारी दिए ।

प्रकाशित मिति: Jul 26, 2024

प्रतिक्रिया दिनुहोस्