Logo
२३ भाद्र २०८१, आईतबार
(July 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रिटिङ रिटिङ नबजाउ बिनायो’ गीतका सर्जक एलपी जोशीको निधन

काठमाडौं । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

बिहीवार झापाको दमकस्थित घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए ।

दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ गीतसमेत चर्चित छ ।

अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माईमा हुने जनाइएको छ ।

प्रकाशित मिति: Jul 26, 2024

प्रतिक्रिया दिनुहोस्