Logo
२३ भाद्र २०८१, आईतबार
(July 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिए पढ्ने विद्यार्थीहरूले गरे आइक्यानविरुद्ध प्रदर्शन (तस्बिरहरू )

काठमाडौं( सिए (चार्टर्ड एकाउन्टेन्ट्स ) अध्ययनरत विद्यार्थीहरूले परीक्षा प्रणाली तथा अध्ययन प्रणालीमा सुधार गर्न माग गर्दै बिहीबार प्रदर्शन गरेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान) विरुद्ध सिए अध्ययनरत विद्यार्थीहरूले लामो समयदेखि आफूहरूले उठाउँदै आएका माग पूरा नभएपछि प्रदर्शन गरेका हुन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा ) ले २ हजार ५ सय भन्दा बढी विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर आइक्यानलाई फागुन १३ गते नै मागपत्र बुझाएको थियो ।

बुझाएको माग पत्र पूरा गर्न आइक्यान तयार नभएपछि उनीहरूले आज आइक्यानको अफिस अगाडि प्रदर्शन गरेका हुन्।

त्यसपछि १२ गते बृहत प्रदर्शन गर्ने र १३ गतेबाट माग पूरा नभएसम्म आमरण अनसन बस्ने संगठनले जनाएको छ।

विद्यार्थीका माग सम्बन्धित वार्ता लाइभ टेलिकास्ट गर्न नदिएसम्म कुनै पनि वार्तामा नबस्ने अडान संगठनले लिएको छ।

थप तस्बिरहरू :

 

प्रकाशित मिति: Jul 25, 2024

प्रतिक्रिया दिनुहोस्