Logo
२ मंसिर २०८१, आईतबार
(July 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो । बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन  पाँच सदस्यीय आयोग गठन गरेको छ ।

आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् । त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डङ्गोल रहेका छन् ।

प्रकाशित मिति: Jul 25, 2024

प्रतिक्रिया दिनुहोस्