Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाज दुर्घटनाको शोकमा डुब्यो शिक्षण अस्पताल

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाका १८ मृतकको शवलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

फरेन्सिक विभागमा शव लगिएपछि मृतकका आफन्तहरु त्यहाँ पुगेका छन् । १८ मृतकका परिवार र आफन्तको अस्पताल परिसरमा रुवाबासी छ ।

विमान दुर्घटनापछि अस्पताल परिसरमा पुगेका मृतकका आफन्त फरेन्सिक विभाग अगाडि भावविह्वल अवस्थामा छन् । उनीहरुमध्ये केही त्यहीँ बेहोस भएर ढलेका थिए ।

ज्यान गुमाएकामध्ये इञ्जिनियर उद्धव पुरीका अनुसार एक जना आफन्तले प्राविधिक जाँच सम्बन्धी उडानमा पनि १८ जना (पाइलट र को–पाइलटबाहेक) कर्मचारी र यात्रु राखिएको भन्दै आपत्ति जनाए ।

‘प्राविधिक जाँचका लागि गरिएको उडानमा किन त्यति धेरै मान्छे राखियो’, ती आफन्तले प्रश्न गरे, ‘यसमा एयरलाइन्सको पनि लापबाही देखिन्छ ।’

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्