Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सौर्य एयरलाइन्स जहाज दुर्घटनाः प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज (बुधबार) जहाज दुर्घटनालगत्तै प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रुयु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ।

नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु,’– प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्