Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्य

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ ।

क्याप्टेन शाक्य सामान्य कुराकानी गरिरहेका छन् । उनको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ ।

उनको टाउकोको सीटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी छ । अस्पताल स्रोतले भन्यो, ‘उहाँ सामान्य बोलचाल गरिरहनु भएको छ । सिटीस्क्यान गरी उपचार भइरहेको छ ।’

काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्याप्टेन शाक्यलाई भने दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए । उद्धारको बेला शाक्य रगताम्य अवस्थामा थिए ।

दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुख लगायत विमानस्थल पुगेका छन् ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्