Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सौर्यले गुमायो व्यवस्थापन टिमका चार उच्च अधिकारी

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमाएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागरकुमार आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्माको नाम उल्लेख छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट उड्नासाथ जहाज दुर्घटनामा परेको हो । यो जहाज मर्मत परीक्षणका लागि पोखरा जाने क्रममा थियो ।

यस्तो छ जहाजमा सवार विवरण :

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्