Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्