Logo
७ आश्विन २०८१, सोमबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घनाग्रस्त विमानमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि भएको छ ।

दुर्घटनामा परेका १९ जनामध्ये ३ जना चालक दलका सदस्य रहेको बताइएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान करिब ११ बजे पोखरा जानेक्रममा विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको थियो ।

जाहजका क्याप्टेन मनिष शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंलमा लगिएको बताइएको छ ।

 

 

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्