Logo
२३ भाद्र २०८१, आईतबार
(July 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदले घुस दिएको विषयमा अनुसन्धान गर्न निर्देशन दिइसकेँ : गृहमन्त्री

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा. वीरेन्द्र महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरूले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए।

उनले आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको समेत बताए। “प्रहरीलाई उक्त घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ। यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ”, गृहमन्त्री लेखकले भने।

जनता समाजवादी पार्टीका सांसद महतोले सदनमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा छोराको सर्टिफिकेटको सन्दर्भमा पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए।

प्रकाशित मिति: Jul 23, 2024

प्रतिक्रिया दिनुहोस्