Logo
२३ भाद्र २०८१, आईतबार
(July 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राज्यमन्त्री रायको हत्या अनुसन्धानका लागि सीआईबीको टोली खटियो

काठमाडौं,८ साउन । गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधिसभामा प्रश्न उठेपछि मंगलबार गृहमन्त्री लेखकले जवाफ दिएका थिए । उनले घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरुको खोजी भइरहेको बताए ।

राप्रपाका नेतासमेत रहेका राय सोमबार बिहान आफ्नै घरमा मृत फेला परेका थिए । गृहमन्त्री लेखकले सो घटनापछि उनको घरमा काम गर्न बसेका सर्लाहीकै कविलासी नगरपालिकाका २१ वर्षका रामउज्जैन रायलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जानकारी दिएका छन्

। ‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा राखिएको छ’, उनले भने, ‘तीन जना फरारको खोजतलास जारी छ ।’

मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ । धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको थियो । अनुसन्धानका निम्ति प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । उनको हत्या गर्न प्रयोग गरिएको हतियार भने सोमबार साँझ प्रहरीले फेला पारेको छ ।

प्रकाशित मिति: Jul 23, 2024

प्रतिक्रिया दिनुहोस्