Logo
७ आश्विन २०८१, सोमबार
(July 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईमा प्राथमिक उपचार सम्बन्धि जनचेतना र वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (युएई) मा प्राथमिक उपचार सम्बन्धि जनचेतना, मोटिभेसनल तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक संस्था योगदान राष्ट्रका लागि अभियानले जुन ३० मा वरदुवईको सो कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष एवं प्राथमिक उपचार सम्बन्धि अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीको अध्यक्षतामा र युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत क्षेत्रीले प्राथमिक उपचार सम्बन्धि जनचेतनामूलक कार्यक्रम अत्यन्त सकरात्मक रहेको र युएईमा यसलाई निरन्तरता दिनुपर्ने बताए । त्यस्तै उनले अभियानका लागि आफूहरुको साथ र सहयोग रहने बताए।

कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक उप्रेतीले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिएका थिए । उनले हृदयघात, फेन्ट, पानीमा डुबेको अवस्थामा गरिने प्राथमिक उपचारको बारेमा प्रयोगात्मक रुपमा जानकारी गराएका छन्।

उनले प्राथमिक उपचार दैनिक जिवनमा प्रयोगमा आउने भएकाले यसलाई चासो लिनुपर्ने र सबैले सिक्नुपर्ने बताए । त्यस्तै उनले सात वर्षदेखि तालिम दिँदै आएको र हालसम्म एक लाख जनालाई तालिम दिएको जानकारी गराए।

कार्यक्रममा चर्चित नायक निखिल उप्रेती लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बैंक तथा वित्तिय सारक्षता कार्यक्रम पनि गरिएको थियो । चर्चित नायक रमेश उप्रेतीले कार्यक्रममा सहभागीलाई बैंक तथा वित्तिय साक्षरता सम्बन्धि जानकारी गराएका थिए ।

उनले नेपालका लागि विप्रेषण (रेमिटेन्स) को समिक्षा, बैधानिक रेमिटेन्स गर्दा हुने व्यक्तिगत फाइदाहरु, वैधानिक तरिकाले रेमिटेन्स गर्दा राज्यलाई हुने फाइदाहरु, हुन्डी के हो ? र यसका बेफाइदाहरु के के हुन ? हुन्डीबाट पैसा पठाउँदा हुन सक्ने  सम्भावित जोखिमहरु, वैधानिक रुपमा नेपालमा कसरी पैसा पठाउने लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा एनआरएन युएईका पूर्व अध्यक्ष, सामाजिक अभियन्ता व्यवसायी ठाकुरप्रसाद ढुंगाना, युएईस्थित बैंकका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, युएईमा बसोबास गर्ने नेपालीहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक दिवस चापागाईंले जानकारी दिए ।

प्रकाशित मिति: Jul 23, 2024

प्रतिक्रिया दिनुहोस्