Logo
४ माघ २०८१, शुक्रबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वासको मत मागेर टाप कसेपछि सदनमा प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौं,६ साउन । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई महत्त्व नदिएको पाइएको छ ।

आफैँले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल जारी रहँदा ओली बैठकस्थलबाट बाहिरिएका हुन् ।

आइतबार प्रतिनिधिसभामा आफ्नो प्रस्ताव पेस भएपनि केही बेर बैठकमा बसेका उनी माओवादी केन्द्रका नेता वर्षमान पुनले धारणा राख्ने बेलामा बाहिरिए । पुनले बोल्ने पुरा अवधिसम्म नआएका उनी त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने पालोमा पनि आएनन् ।

लिङ्देनले प्रधानमन्त्रीलाई बैठकमा नदेखेपछि व्यङ्ग्य गर्न भ्याइहाले । ‘प्रधानमन्त्रीजीले कतैबाट सुनिराख्नु भएकै होला, बधाई दिन चाहन्छु’, उनले बैठकमा भने ।

उनले केपी ओली प्रधानमन्त्री बन्दा स्वाभाविक रूपमा आफू खुसी हुने पनि बताए । उनले गएको चुनावमा तालमेल गरेको पनि स्मरण गरे । तर, विश्वासको मत भने आफूहरुले नदिने लिङ्देनले बताए ।

प्रकाशित मिति: Jul 21, 2024

प्रतिक्रिया दिनुहोस्