Logo
२३ भाद्र २०८१, आईतबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिलाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ ।

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेको हो ।

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने चलन छ । राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिन्छ ।

शनिबार दिउँसो भीमसेनको मूर्तिको बायाँ भागमा पसिना आएको बताइएको छ ।

प्रकाशित मिति: Jul 21, 2024

प्रतिक्रिया दिनुहोस्