Logo
२३ भाद्र २०८१, आईतबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से २४८६ अंकमा, दोस्रो दिन पनि १५ अर्ब नाघ्यो कारोबार

६ साउन, काठमाडौं । सेयर बजारमा दोस्रो कारोबार दिन पनि १५ अर्ब माथिको कारोबार भएको छ । साताको पहिलो करोबार दिन आइतबार बजार परिसूचक नेप्से ६१.६१ अंक (२.५४ प्रतिशत) ले बढेर २४८५.९४ को बिन्दुमा बन्दा हुँद कारोबार रकम १५ अर्ब नाघेको हो ।

१६ असारमा २०३७.०९ को बिन्दुमा बन्द भएको नेप्से त्यसयताको १५ कारोबार दिनमा नै ४४८.८५ अंक (२२.०३ प्रतिशत) ले बढिसकेको छ । आइतबार लगतार चौथो कारोबार दिन नेप्से परिसूचक ५० अंकभन्दा माथिको वृद्धि भएको हो ।

गत सातको मंगलबार नेप्से  ७०.१८ अंक, बुधबार ५४.०४ अंक र बिहीबार ५९.६८ अंकले बढेको  थियो । आइतबार पनि नेप्से परिसूचक सोही गतिमा बढ्दा कारोबार लगतार दोस्रो दिन पनि २०७८ भदौयताकै उच्च देखिएको छ । जतिबेला बजार परिसूचक नेप्से करिब ३२०० को बिन्दुमा पुगेको थियो ।

गत बिहीबार १५ अर्ब ५५ करोडको कारोबार भएको बजारमा आइतबार पनि १५ अर्ब २३ करोडको कारोबार भयो । १ लाख ७७ हजार ४६० वटा कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता धितोपत्र किनबेच भएको छ ।

आइतबार  नेप्सेमा  सबै उपसमूहहरु बढेको छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसमूह नै ३.८६ प्रतिशतले वृद्धि हुँदापरिसूचक उच्च अंकले बढ्न मद्दत गरेको छ । व्यापार उपसूचक ६.८० प्रतिशतले बढ्दा होटल तथा पर्यटा उपसूचक ४.२१ प्रतिशतले  बढेको छ । आइतबार बजारमा कारोबार भएका २४२ सूचीकृत कम्पनीमध्ये  १८१ कम्पनीको सेयरमूल्य बढेको छ । ५६ कम्पनीको मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ ।

युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक, गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ ।  सेयरमूल्य घट्ने कम्पनीको शीर्ष स्थानमा सिक्लेस हाइड्रोपावर छ । जसको सेयरमूल्य १० प्रतिशतले घटेर  नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

नेपाल एसबीआई डिबेन्चर २०८३ को मूल्य  ६.८४ प्रतिशतले गिरावट हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्डको इकाइमूल्य  ५.९२ प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको  सेयरमूल्य  ५.५४ प्रतिशतले घटेर बन्द भएको छ ।

आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये  सोल्टी होटलको सेयर सर्वाधिक ३४ करोड ११ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन रि–इन्स्योरेन्सको  ३० करोड ६७ लाख र कुमारी बैंकको २७ करोड ९४ लाखको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: Jul 21, 2024

प्रतिक्रिया दिनुहोस्