Logo
२३ भाद्र २०८१, आईतबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशबाट फिर्ता भए नेपाली विद्यार्थी (तस्विरहरु)

काठमाडाैँ । बङ्गलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्किएका छन् । बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरु आइतबार दिउँसो काठमाडौँ अवतरण गरेका हुन् ।

बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । निरन्तरको आन्दोलनमा दर्जनौँ विद्यार्थीहरुको मृत्यु भएको छ । सोही सुरक्षा दृष्टिकोणलाई मध्यनजर गरि सरकारले उनीहरुलाई स्वदेश फिर्ता बोलाएको हो ।

करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

 

प्रकाशित मिति: Jul 21, 2024

प्रतिक्रिया दिनुहोस्