Logo
२३ भाद्र २०८१, आईतबार
(July 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ-गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा अमेरिकी राजदूत डिनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा सुभकामना दिएका छन्।

नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधै इच्छुक रहेको राजदूतले लेखकसँग बताएका गृहमन्त्रीको सचिवालयले जनाएको छ।

एमसिसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदान पु¥याउने विश्वास रहेको र परियोजना कार्यान्वयनमा नेपाल सरकारको तर्फबाट सधैँ सहयोग हुने अपेक्षा पनि राजदूतले गृहमन्त्रीसमक्ष व्यक्त गरेका छन्।

अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न तत्पर रहेको, नेपाल र अमेरिकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको, लोकतन्त्र, मानव अधिकार, कानुनी शासन लगायतका विषयमा दुबै देशको साझा धारणा रहेको भेटपछि गृहमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालको सामाजिक आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको क्षमता विकासमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा निरन्तरताको अपेक्षा रहेको गृहमन्त्री लेखकले राजदूतसमक्ष व्यक्त गरेका छन्।

जलवायु परिवर्तनका असरका कारण नेपाल उच्च जोखिममा रहेको हुँदा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने पनि गृहमन्त्रीको अपेक्षा थियो।

प्रकाशित मिति: Jul 19, 2024

प्रतिक्रिया दिनुहोस्