Logo
२३ भाद्र २०८१, आईतबार
(July 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमलताल बस दुर्घटना : भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

चितवनको सिमलतालस्थित भेलबाढीले दुइटा बस बगाएर ६५ जना बेपत्ता भएको घटनामा अहिलेसम्म २३ जनाको शव भेटिएको छ।

शुक्रबार बिहान १०:५० बजेसम्मको अपटेड अनुसार कुल २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको उनले बताए। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको हो।

जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो।

अहिलेसम्म फेला परेको २३ वटा शवमध्ये जम्मा १४ वटा शवको सनाखत भएको छ। ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ।

प्रकाशित मिति: Jul 19, 2024

प्रतिक्रिया दिनुहोस्