Logo
७ आश्विन २०८१, सोमबार
(July 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतितोला २ हजार रुपैँयाले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार एक लाख ४९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बिहिबार एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य घटेर प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Jul 19, 2024

प्रतिक्रिया दिनुहोस्