Logo
२३ भाद्र २०८१, आईतबार
(July 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा खतिवडा र सल्लाहकारमा रिमाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवाराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । राजनीतिक सल्लाहकार नियुक्त भएका रिमाल ओलीका विश्वास पात्र हुन् ।

एमालेका उपमहासचिव समेत रहेका रिमाल एमाले सम्बद्ध श्रमिकहरुको संगठन जीफण्डका पूर्व अध्यक्ष हुन् । श्रमिक संगठनमार्फत एमालेकाे राजनीतिक पृष्ठभूमी फराकिलो बनाउन उनको भूमिका पार्टी भित्र महत्वपूर्ण मानिन्छ। उनी नुवाकोटका हुन्। रिमाल ओलीका यस अघिका सबै कार्यकालमा प्रमुख राजनीतिक सल्लाहकारको भूमिका थिए।

यस्तै,ओलीले आफ्नो सल्लाहाकार टीममा काविल अर्थशास्त्री डा. युवराज खतिवडालाई पनि समावेश गरेका छन्। एमाले सचिवालय सदस्य रहेका खतिवडा पूर्व अर्थमन्त्री, पूर्व गर्भनर एवम् राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष समेत हुन् । विश्व अर्थतन्त्र र नेपाली अर्थ राजनीति मामलाका दख्खल राख्ने निकै कम व्यक्त्रि मध्येमा उनी पर्छन्।

प्रकाशित मिति: Jul 19, 2024

प्रतिक्रिया दिनुहोस्